site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । 

नेपालमा अर्को प्रधानमन्त्री को बन्दै छ भन्नेकुरा सबै नेपालीलाई पहिला नै थाहा हुने भइसकेको भन्दै उनले अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

महामन्त्री थापाले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने स्पष्ट पारे । उनले  आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि स्पष्ट पारे । संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने उनको भनाइ छ । 

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको बताए । सबै पार्टी मिसन २०८४ मा लागेकाले कांग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro