site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा नयाँ रोजगारीका अवसर न्यून

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थव्यवस्थामा चिसोपनको सङ्केत देखाइरहेको छ ।

रोजगार दरमा आएको सुस्त गतिले अमेरिकी फेडरल रिजर्भलाई केही राहत प्रदान गर्नेछ । यसले हालै नीति निर्माताहरूलाई अमेरिकी अर्थव्यवस्थाको अवस्थाको आकलन गर्न थप समय दिनको लागि दर वृद्धिको आफ्नो आक्रामक अभियान लाई रोकेको छ ।

मार्च २०२२ देखि फेडको ब्याजदरमा पाँच प्रतिशत बिन्दुले वृद्धि भएको र ब्याजको वृद्धिको तीव्र गतिको बावजुद, मुद्रास्फीति दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि रहेको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना दुई लाख नौ हजार रोजगारी सिर्जना गरेको चिनियाँ श्रम विभागले जनाएको छ ।

यसबीच, बेरोजगारी दर ३.६ प्रतिशतमा झरेको छ, जुन लामो समयदेखिको अत्यधिक न्यून दरको नजिक रहेको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro