site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य छैन : पौडेल
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भने, “एमाले लगायतका दलहरूको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको हो, अहिले अभिव्यक्तिका आधारमा प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य छैन ।” 

कुनै लेखकले लेखेको कुरालाई प्रधानमन्त्रीले अभिव्यक्त गर्दा जनतामा एमालेले भ्रम छर्न खोजेको र आफूमात्रै राष्ट्रवादी हो भन्ने देखाउन खोजेको उनले बताए । उनले एमालेलाई प्रधानमन्त्री पद चाहिएको भए बहुमत देखाउन चुनौती दिए । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्