site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कतारका राजदूतको गुनासो– पोखरा सीधा उडानका लागि ६ पटक पत्राचार गर्दा पनि नेपालले जवाफ दिएन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले कतारदेखि पोखरा सीधा उडानका लागि गरेको पत्राचारको नेपालले वास्तै नगरेको बताएका छन् ।

शुक्रबार बिदाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटमा उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र  नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।

भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पुर्‍याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताए ।

Global Ime bank

उनले पोखरालगायतका विमानस्थलमा सीधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरुमा ५–६ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासोसमेत गरे ।

उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सीधा उडान नियमित गर्न कुनै समस्या नभएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement