site stats
बाह्रखरी :: Baahrakhari
कला
केकी अधिकारी भन्छिन्– निर्माताहरूले मानसिक स्वास्थ्य परामर्शका लागि छुट्टै विभाग बनाउनु पर्‍यो 

काठमाडौं । अभिनेत्री केकी अधिकारीले चलचित्र निर्माताहरूले मानसिक स्वास्थ्य परामर्शका लागि छुट्टै विभाग खडा गर्न आवश्यक रहेको बताएकी छन् । यसका लागि बजेटको व्यवस्था पनि आवश्यक रहेको उनको भनाइ छ । 

“हामीले चलचित्र निर्माताहरू र मिडिया उद्योगका प्रतिनिधिहरूको रूपमा, हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भैसकेको छ,” केकी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ । बेलैमा सबै मिलेर यसलाई गम्भीरताका साथ लिऔँ ।” 

Argakhachi Cement Island Ad

अभिनेता सारुक ताम्राकारको आत्महत्यापछि केकीले यस्तो धारणा राखेकी हुन् । 

कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ सपना र यथार्थको तालमेल नमिल्दा अप्रिय निर्णय हुने गरेको बताउँछन् । सपना र यथार्थको तालमेल नमिलेर नै यी र यस्ता मानसिक समस्याहरू निम्तिने गरेको उनले बताएका छन् । 

“हामी कलाकारको हतियार भनेकै आवेग र समबेदना हो ।  यसैसँग रिलमा खेल्दै गर्दा कहिले रियलमा पनि आफैँलाई हतियारले काट्ने सम्भावना रहन्छ । यसर्थ रंगीन दुनियाको रंगीन काल्पनिक संसारमा कसरी यथार्थमा बाँच्ने भन्ने कला जान्नु अति आवस्यक हुन्छ,” रवीन्द्र सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् । 

कोही मानसिक रूपमा बिचलन र विक्षिप्त भए आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्