site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

खैबर पख्तुनख्वा (पाकिस्तान) । पाकिस्तानको मार्तुङ खास शांगला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु भएको छ ।

क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दाँ उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । एक बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एकजनाको खोजी भइरहेको छ । दुर्घटनाका बेला १० बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो । 

Dabur Nepal
NIC Asia

यसैबीच, गत मे महिनामा सिन्धको संघार जिल्लाको अचरो थार क्षेत्रको एउटा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा एकै परिवारका दाजुभाइको ज्यान गएको थियोभने बाबु घाइते भएका थिए । त्यसअघि मार्चमा तल्लो कोहिस्तानको पट्टन क्षेत्रको घरमा आगलागी हुँदा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० सदस्यको मृत्यु भएको थियो । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro