site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार ढल्ने औचित्य र आवश्यकता छैन : मन्त्री शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी छन् । 

प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले भनिन्, “प्रधानमन्त्रीले भावनात्मक र एउटा मान्छेको विषयमा बोलेको विषयलाई उठाएर संसद् अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा माग्ने काम नियोजित देखिएको भन्दै विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकार गठन भए देखिनै सुशासनको पक्षमा दृढता पूर्वक उभिएकाले कतिपयको टाउको दुखाई भएको तर्क गरे । उनले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन् । 

मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उल्लेख गरिन् । 

Global Ime bank

नागरिकतासम्बन्धी विषयमा पनि अनावश्यक रूपमा सरकारलाई विवादमा ल्याउने प्रयन्त भएको उल्लेख गर्दै उनले नेपालीलाई नागरिकता प्रदान गर्न र विदेशीलाई नागरिकता दिनबाट रोक्न सरकार गम्भीर रहेको बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement