site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीको सरकार असंवैधानिक : बाबुराम भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोसीमा बनेको नयाँ सरकार असंवैधानिक रहेको टिप्पणी गरेका छन् ।

बिहीबार राति ट्विटरमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले 'हिजो केपी ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरूले नै कोसीमा लोकतन्त्र विरोधी हर्कत गरेको' बताएका छन् । 

Dabur Nepal
NIC Asia

"हिजो केपी ओलीले संविधानविपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्‍यौँ, अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौँ ! आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नं प्रदेशको हर्कतलाई कसरी जायज ठहर्‍याउन सकिन्छ ? जो अगुवा उही ?," भट्टराईले भनेका छन् । 

कोसीमा आज कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् । उनी सभामुखसहित ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । तर, एमालेले सभामुखले समर्थन गर्न नमिल्ने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro