देश
काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मियाँमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीका लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीबाट ५० हजार रिसवत लिएको अभियोग लगाएको छ ।
मियाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो ५० हजार रुपैयाँ कायम गरी ऐनको दफा ३ को उपदफा (१) को (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजाय गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १७:५७
प्रतिक्रिया दिनुहोस्