site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको अन्तिम दिन नेप्से स्थिर, तीन अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक स्थिर रहेको छ । बुधबार ३९.२६ अंकले घटेको परिसूचक आज ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा बन्द भएको छ ।

बुधबार भने परिसूचक १.८८ प्रतिशत घटेर २०४९.४४ विन्दुमा बन्द भएको थियो । यो साता चार कारोबार दिन बजार घटेको छ भने मंगलबार परिसूचक उकालो लागेको थियो ।

आज तीन अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८० धितोपत्रको ९७ लाख ५१ हजार ९८५ कित्ता खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लगानी समूह रहेको छ । यस समूहको परिसूचक ०.७८ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूह रहेको छ । यस समूहको परिसूचक १.४२ प्रतिशतले वृद्धि भएको छ ।

सिटी होटलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यस होटेलको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ १० पैसा कायम भएको छ । त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको पनि सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।  मोदी इनर्जीको सेयर मूल्य आज पनि १० प्रतिशतले घटेको छ । बुधबार पनि यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै घटेको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक रूपैयाँको सेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro