site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले सांसदको अवरोध, राष्ट्रियसभाको बैठक स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले विरोध जनाएपछि बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीका कारण नेपालीको शिर निहुरेको भन्दै अहिलेको अवस्थामा सभाको काम–कारबाही अघि बढ्न नसक्ने उल्लेख गरे ।

एमाले सांसदको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सभामा आएर जवाफ दिने वातावरण बनाउन आग्रह गरेका थिए ।

Global Ime bank

तर, एमाले सांसदहरूले निरन्तर विरोध जनाएपछि उनले बैठक स्थगित गरे । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !