site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैन : पाण्डे
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अहिलेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा कल्पना पनि गर्न नसकिने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिका बारेमा संसद्मा आफ्ना धारणा राख्ने उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नहुने उनको भनाइ छ । बाहिरको विषयवस्तुलाई संसद्मा ल्याएर एकैपटक प्रधानमन्त्रीको राजीनामा माग्नु नौलो कुरा भएको उनले बताए ।

“प्रधानमन्त्रीज्यूले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्ने बारेमा प्रधानमन्त्रीज्यूले संसद्मा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ । यो एउटा भावनात्मक विषयवस्तु, कतै अर्कै प्रसंगमा व्यक्तिगत कुरा, त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो,” उनले भने, “सदनमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने, प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने विषयवस्तु नआईकन एउटा कहीँ भएको विषयवस्तुलाई एकैपटक संसद्मा ल्याएर राजीनामा माग्ने अनौठो कुरा भयो । यसबारेमा प्रधानमन्त्रीले बोल्ने संसद्मा, प्रधानमन्त्रीले संसद्मा बोल्न नपाउने भए कसले पाउने हो ?”

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्