राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद विष्णु पौडेलले समयमा मल ल्याउन नसक्ने कम्पनीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार उनले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई मल आयात गर्ने ‘क्यालेन्डर’ दिनुपर्ने पनि बताए । तर, मल खरिदका लागि यी दुई संस्थामा निर्भर हुन नहुनेमा उनले जोड दिए ।
जीटुजीबाट आपूर्ति नभएमा अरू तरिकाबाट भए पनि समयमै मल ल्याउनुपर्ने उनले बताए । सांसद पौडलले मल खरिद प्रकिया १५ दिनमै टुंग्याउनुपर्ने उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्