site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घरेलु श्रममा लगाइएका दुई बालकको काठमाडौं महानगरले गर्‍यो उद्धार
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु श्रममा लगाइएका दुईजना बालकको उद्धार गरेको छ । महानगरले असार १७ गतेका सिनामंगलस्थित दुई घरहरुबाट घरेलु बाल श्रमिकका रुपमा राखिएको अवस्थामा उनीहरुको उद्धार गरेको हो ।

उनीहरुलाई घरबेटीले कुटपिट, गालीगलौज तथा अत्यधिक काममा लगाए चरम यातना दिएको भन्ने खबर पाएपछि महानगरको टोली त्यहाँ पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्धारपछि १० वर्षीय बालकले आफूलाई मालिकले घरभन्दा अलग्गै रहेको जस्ताको छानो भएको स्टोरमा सुताउने गरेको, बिहान ४ बजेदेखि नै घरको सरसफाइ, लुगा धुने, भाँडा माझ्ने जस्ता कार्यमा लगाउने गरेको र विभिन्न बहानामा चरम याताना दिने गरेको बताएका छन् ।

उद्धार गरिएका बालकलाई अहिले अस्थायी सरंक्षण गृहमा राखिएको महानगरले जनाएको छ । उनीहरुको परिवार पहिचान गरीे शिक्षा, स्वास्थ्य, पालनपोषणको उचित प्रबन्ध हुने गरी  पारिवारको जिम्मा लगाइने वा परिवारमा उनीहरुको संरक्षण नहुने अवस्थामा वैकल्पिक स्याहारको व्यवस्थाका लागि प्रबन्ध मिलाइने महानगरले जनाएको छ ।

Global Ime bank

घरबेटीलाई बालश्रम नियमित तथा निषेध गर्ने ऐन २०५६ बमोझिम कारबाही गरिनेछ । सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई बालश्रममा नराख्न र अस्थायी सरंक्षणकर्ताका रुपमा महानगरमा सूचीकृत हुन पटकपटक सूचीत गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय