site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले राजीनामा नदिने, संसद् ‘फेस’ गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु नपर्ने र संसद् ‘फेस’ गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे नेकपा (एमाले)को संसदीय दलले राजीनामा माग गर्ने निर्णय गर्नु असंसदीय भएको जिकिर गरे ।

“उहाँहरूले गरेको निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ,” उनले भने ।

Global Ime bank

प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलेको भन्ने कुरै नसुनी एमालेले हतारमा राजीनामा मागेको उनले बताए ।

“हतार–हतारमा प्रधानमन्त्रीको कुरै नसुनीकन, कुन सन्दर्भमा के भनेको कुरै नसुनी राजीनामा माग्नुभएको छ,” पाण्डेले भने, “गठबन्धन दलका सबै बसेर राजीनामा दिनु नपर्ने निर्णय गर्‍यौँ । संसद् फेस गर्ने निर्णय गर्‍यौँ ।”

प्रधानमन्त्री प्रचण्डले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको बताएका थिए । सोही विषयमा बुधबार एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !