site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
व्यवस्था फेरिए पनि दलितको अवस्था फेरिएन : छविलाल  विश्वकर्मा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

धनकुटा । पूर्वकृषि तथा सहकारीमन्त्री छविलाल विश्वकर्माले नेपालमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले दलित समुदायको मुक्ति हुन नसकेको बताएका छन् ।

दलित महिला सङ्घ (फेडो) धनकुटाको आयोजनामा धनकुटाको हिलेमा जारी दुई दिने कोसी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले भने, “पटक–पटक भएको राजनीतिक सङ्घर्षमा दलितले आफ्नो ज्यानको आहुति दिएका छन् । तर पनि उनीहरूको अवस्था उस्तै छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दलित समुदाय पछि पर्नुको प्रमुख कारणमध्ये सत्ताको बागडोरमा पुगेकाहरूले बेवास्ता गर्नु पनि एक महत्त्वपूर्ण कारण भएकाले दलितले सत्ता सञ्चालनका नीति जान्नुपर्ने उनको धारणा थियो । संविधान र कानुनमा अधिकार लेखिए पनि दलित स्वयं एकजुट भएर सङ्घर्ष नगरेसम्म दलितले अधिकार पाउने अवस्था नरहेको उनको भनाइ थियो ।

कार्यशालामा डा डम्बर चेम्जोङ र धनकुटाका दलित अभियन्ता नैन विश्वकर्माले दलित समुदायको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालालाई ध्यानाकर्षण गराउँदै अभियन्ता विश्वकर्माले छुवाछूत नमान्ने युरोपेलीलाई समेत प्रवासी नेपालीले विभेद गराउन सिकाउने गरेको किस्सा सुनाए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !