site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए, कार्यकर्ताको मन जोडौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल भएको टिप्पणी गरेका छन् । इलामको उपनिर्वाचनमार्फत पपुलिजम स्वीकार्य नभएको सन्देश जनताले दिएको उनले बताए ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले जातिवाद स्वीकार्य नभएको सन्देश पनि उपनिर्वाचनले दिएको उल्लेख गरे । कोसी प्रदेशको नामकरणविरुद्ध एमालेलाई नियोजित रूपमा कमजोर पार्न आन्दोलन चलाइएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बनाउँदा नेपाललाई विश्वको एउटा नमुना राष्ट्रका रूपमा पुर्‍याउन सफल भएको जिकिर गरे । तर, षड्यन्त्रपूर्व एमाले नेतृत्वको सरकार विस्थापन गर्दा मुलुक अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए । मुलुक अप्ठ्यारो अवस्थामा लामो समय रहे सम्हालन नसक्ने स्थितिमा पुग्न सक्ने भएकाले एमालेको पहलमा नयाँ सत्तासमीकरण बनाइएको उनले सुनाए ।

उनले वर्तमान सत्तासमीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाई रोकेर अघि बढाउन सक्ने मान्यताका साथ एमाले सरकारमा सहभागी भएको बताए ।

महासचिव पोखरेलले कतिपयले पार्टी एकताका नाममा फेरि टाउको जोड्ने कुरा गरेको उल्लेख गरे । अहिले टाउको नभई कार्यकर्ताको मन जोड्न जरुरी रहेकामा उनले जोड दिए ।

नेपाली कांग्रेससँग मिलेर पञ्चायत ढाल्नुपर्छ भनेबापत पुष्पलाललाई ‘गद्दार’ भन्ने मोहनविक्रम सिंह अहिले समाजवाद कि पुँजीवाद भनेर कित्ताकाट गर्नुपर्ने बेला कांग्रेसकै पछाडि कुदिरहेको उनले टिप्पणी गरे । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro