site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’– छिटै सर्वदलीय बैठक
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका नीति तथा कार्यक्रमबाट पाठ सिक्दै आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा शनिबार बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा उक्त पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायको विषय सरकारले सुरुदेखि नै उठाएको र त्यसलाई मध्यनजर गर्दै कार्यक्रम र बजेट ल्याइने बताए ।

Dabur Nepal
NIC Asia

राष्ट्रियस्तरका सूचकमा पछाडि परेका समुदायलाई माथि उठाउने र उत्पादन, उत्पादकत्वमा वृद्धिका साथै रोजगारी बढाउनका निम्ति आवश्यक सुझाव दिन उनले आग्रह गरेको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले  जानकारी दिए ।

संसद्को बजेट अधिवेशनमा सक्रिय भएर भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डले सांसदहरूलाई निर्देशन दिएका थिए । उनले यसअघि संसद्‌मा देखिएको अवरोध हटाउने विषयमा पनि दलहरूबीच निरन्तर छलफल भइरहेको उल्लेख गरे । त्यसबारे छिटै सर्वदलीय बैठक बस्ने उनले जानकारी गराएको प्रमुख सचेतक पाण्डेले बताए ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको तयारीका बारेमा जानकारी गराएका थिए ।

बजेट निर्माणमा सहयोगी भूमिका खेल्न त्यसक्रममा माओवादी सांसदहरूलाई निर्देशन दिइएको पाण्डेले बताए । हिमालन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro