site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् बैठक सञ्चालन गर्न जुटेन सहमति
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद् बैठक चलाउने विषयमा सहमित जुट्न सकेन । बैठकमा नेकपा (एमाले)ले प्रधानमन्त्रीले रोस्टममा उभिएर जवाफ मात्र नभई पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमाबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिमाथि एमालेले आपत्ति जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमाले संसदीय दलको आजको बैठकले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम कार्यव्यवस्था परामर्श समिति बैठकमा एमालेले कुरा राखेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)ले भने मिडियामा लेखेकै भरमा सबै कुरा पत्याएर एमालेले गैरजिम्मेवार पूर्ण कदम चाल्न नहुने उल्लेख गरेको छ । बैठकमा सहभागी एक सदस्यले दिएको जानकारीअनुसार माओवादीले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने स्पष्ट पारेको छ ।

Global Ime bank

“बैठकमा कुरा मिलेन । जे हुन्छ फुल हाउसमै हुन्छ, त्यहीँ फेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समिति बैठक सम्पन्न भएको छ,” ती सदस्यले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement