राजनीति
काठमाडौं । असंलग्न राष्ट्र समूहको विदेश मन्त्रीस्तरीय बैठक अजरबैजानको बाकुमा सुरु भएको छ । अजरबैजानका राष्ट्रपति इलहम हैदर ओग्लु अलिएभले स्थानीय समयअनुसार बुधबार बिहान बैठकको उद्घाटन गरेका हुन् ।
बैठकमा सहभागी हुन नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बाकु गएका छन् । उनले बुधबार नै बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १२:५६
प्रतिक्रिया दिनुहोस्