site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरले सिनेमा हलको डिजिटल टिकटिङमा माग्यो पहुँच 
प्रतीकात्मक तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिनेमा हलको डिजिटल टिकटिङको विवरणमा पहुँच उपलब्ध गराउन सिनेमा हलहरूलाई निर्देशन दिएको छ ।  काठमाडौं महानगरपालिकाले डिजिटल टिकटिङको विवरणमा पहुँच उपलब्ध गराउन कामपा भित्रका सिनेमा हलहरूलाई निर्देशन दिएको हो । 

महानगरले सिनेमा हलहरूलाई आज चिठी पठाउँदै तीनभित्र हलको डिजिटल प्रणालीभित्र सहज पहुँचको व्यवस्था गर्न निर्देशन दिएको छ । महानगरले सिनेमा हलले दर्शकबाट उठाएको मनोरञ्जन करमा पारदर्शिता होस् भन्ने चाहेको जनाएको छ । 

सिनेमा हलले सिनेमाको टिकटबाट मनोरञ्जन कर उठाउँदै आएको छ । दर्शकले प्रतिटिकट पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्छ । 

“मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्नुभएको भए सो प्रणालीमा ३ (तीन) दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए यो पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याई उक्त प्रणालीमा काठमाडौं महानगरपालिका राजस्व विभागलाई पहुँच गराउनु हुन जानकारीसहित निर्देशानुसार अनुरोध छ,” महानगरले हललाई काटेको पत्रमा उल्लेख छ । 

“जुन हलले डिजिटल प्रविधिबाट पासवर्ड र युजर आइडी प्रयोग गरेर चलचित्रको टिकट काट्छन् । ती हलहरूलाई तपाईंहरूले काट्ने टिकटको युजर आइडी र पासवर्ड महानगरलाई पनि उपलब्ध गराइदिनुस् भनेका हौँ,” काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले भने, “खुद ग्राहक कति हुन् भन्ने जानकारी महानगरलाई होस् भन्ने उद्देश्य हाम्रो हो । हामीसँग टाइअप गरेर मनोरञ्जन कर तिर्नुपर्छ भनेका हौँ ।” 

सिनेमा हेर्ने दर्शकको संख्या कति छ भन्ने यकिन विवरण महानगरले हेर्न चाहेको उनले बताए । “हामीलाई मनोरञ्जन कर तिर्नूस् र निश्चिन्त भएर व्यापार गर्नुस् भनेका हौँ,” सहप्रवक्ता अधिकारीले भने, “पारदर्शिताका लागि सहजीकरण गर्न खोजिएको उनको भनाइ छ । महानगरले टिकटको विवरण हेर्न चाहेको उनको भनाइ छ । 

सिनेमा हलले प्रतिटिकट दर्शकसँग ५ प्रतिशत मनोरञ्जन कर उठाउँदै आएको छ । पाँच सयको टिकट काट्दा मनोरञ्जन कर २५ रुपैयाँ तिर्नुपर्छ । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न महानगरले निर्देशन दिएको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro