राजनीति
काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल गरिएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन् ।
बैठकमा अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १३:२९
प्रतिक्रिया दिनुहोस्