site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्डलाई नेपालको चुनौती 
फाइल तस्बिर

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानका लागि नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसामू चुनौती प्रस्तुत गर्दै छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयरल्यान्डसँग नेपालको यो पहिलो भेट हो । 

नेपालले यसअघि सातौं स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराएको थियो । आयरल्यान्डले भने प्लेअफमा अमेरिकालाई हराएको थियो ।

छनोटको समूह 'ए'मा रहेको नेपालले चार खेलमा एक जित र तीन हारको नतिजा निकालेपछि सुपर सिक्समा पुग्न असफल भएको थियो । यता, समूह 'बी'को आयरल्यान्डले पनि चार खेलमध्ये एक खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो । दुवै टिम समूहमा चौथो स्थान हासिल गरेका थिए ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा हुने यो खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकप छनोटमा कुल १० टिम सहभागी थिए । छनोट प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान थिए ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गरेका हुन् । सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro