site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिनावारी १३ वर्षमा, १८ मा पहिलो यौनसम्पर्क र २० वर्षमा सन्तान

काठमाडौं । नेपालमा प्रजनन् उमेरका आधा महिला पहिलोपटक १३ वर्ष (औसत)मा महिनावारी हुने गरेको पाइएको छ ।

सरकारको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ ले हाल १५ देखि ४९ वर्ष उमेर रहेकामध्ये आधा महिलाको १३ वर्षमा पहिलो महिनावारी भएको देखाएको हो ।

त्यस्तै, अहिले २५ देखि ४९ वर्षसम्म रहेका महिलाको विवाह १८ वर्षमा भएको पनि सर्वेक्षणमा उल्लेख छ । ग्रामीण क्षेत्रका महिलाको भने १७ वर्षमा नै विवाह हुने गरेको तथ्यांक छ ।

विवाह भएका वा नभएका महिलाले १८ वर्षमा पहिलो यौनसम्पर्क राख्ने गरेको र पुरुषको हकमा यो उमेर २० वर्ष रहेको पनि सर्वेक्षणले देखाएको छ ।

यस्तै, अहिले २५–४९ वर्ष उमेर समूहमा रहेका महिलाको पहिलो सन्तान जन्माउँदाको औसत उमेर २०.६ वर्ष छ । अर्थात् २५–४९ वर्ष उमेरका आधा जति महिलाले २० वर्षमा नै पहिलो सन्तान जन्माएका छन् ।

सहरी क्षेत्रका महिलाले २१ र ग्रामीण महिलाले २० वर्षमा पहिलो सन्तान जन्माउने गरेको सर्वेक्षणले देखाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro