देश
काठमाडौं । ललितपुर जिल्ला अदालतअगाडि कानुन व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका छन् । अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरिएको विरोधमा सभा आयोजना गरिएको हो ।
ललितपुर बार एसोसिएसनले आयोजना गरेको विरोधसभामा अधिवक्ता लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ ।
जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा भइसकेका छन् ।
सोही घटनाको विरोधस्वरूप नेपाल बार एसोसिएसनले आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्