site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुस्ताङका 'राजा'का छोराको बिहेमा लोमन्थाङ गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक 'राजा' झिग्मी सिट्टी पलवर विष्टका छोराको बिहे हुने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

विष्टका छोराराजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले बिदा दिइएको सूचनामा उल्लेख छ ।

सोमबार सबै कार्यालयहरू तथा शिक्षण संस्थाहरू खुल्ने छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले लोमान्थाङमा अझै पनि पलवर विष्टलाई राजाको उपाधि दिई विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवहरूमा सम्मान दिने गरिएको बताए । 

उनका अनुसार विद्यालयका बालबालिकामा पनि सो संस्कृतिबारे जानकारी दिने उद्देश्यले बिदा दिइएको हो । बिदाको अधिकार स्थानीय तहको संस्कृतिसँग पनि जोडिने उपाध्याय बताउँछन् । 

 

achamma1688299005.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro