site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ ।

आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशनअनुसार जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

ललितानिवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धित निकायको अनुसन्धान अन्तिम अवस्थामा रहेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए ।

Global Ime bank

उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement