अर्थ व्यवसाय
16138872711681016527.jpg)
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १०:४१
प्रतिक्रिया दिनुहोस्