site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा अर्को सरकार नबनेसम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी
Argakhachi Cement Island Ad

विराटनगर । कोसी प्रदेश प्रमुख परशुराम खापुङले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा(३) बमोजिम तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकेका हुन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति २०७९ साल पुस २४ गते नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा(२) बमोजिम २०८० साल असार १४ गते कोसी प्रदेशसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा(३) बमोजिम २०८० साल असार १५ गते पारित हुन नसकेको व्यहोराको पत्र कोसी प्रदेशसभामुख बाबुराम गौतमले प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्