देश

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन नसक्ने बताएकी छन् ।
असार १२ गतेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले हाइप्रोफाइल पनि कानुनको दायरामा आउँछन् भन्ने स्थापित हुने दिशामा रहेको बताइन् । भ्रष्टाचारले प्रोफाइल र जेन्डर नछुट्याउने उनको भनाइ छ ।
“प्रमाण पुगेपछि घटनामा संलग्न दोषी कोही पनि उम्कदैनन् । चाहे हाइप्रोफाइल होस्, चाहे लो प्रोफाइल,” उनले भनिन्, “भ्रष्टाचार भ्रष्टाचार नै हो । न जेन्डर छुट्याउछ । न प्रोफाइल, केही छुट्याउँदैन ।”
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १६:२३
प्रतिक्रिया दिनुहोस्