site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मलेसियालाई हराउँदै नेपाल समूह विजेता 

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । 

समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपालले शुक्रबार घरेलु टिम मलेसियाविरुद्ध ८४ रनको जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरेको हो ।

शुक्रबार बायुइमस ओभलमा नेपालले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३०.५ ओभरमा ९९ रनमै समेटियो ।

Dabur Nepal
NIC Asia

मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले चार विकेट लिए । सात ओभर बलिङ गरेका धामीले १४ रन खर्चिए । अभिषेक तिवारी तीन विकेट लिए । सन्तोष यादवले दुई विकेट र क्रितिक कामतले एक विकेट लिए । 

मलेसियाका मोहम्मद हाइरिलले २५ रन बनाए । कप्तान मुहम्मद आलिफले १५, मुहम्मद अक्रमले १२ र आरिएन अकिलले १० रनबाहेक मलेसियाबाट अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको थियो ।

नेपालका अशोक धामीले ५२ रन बनाए । ९१–७ को नाजुक अवस्थामा ब्याटिङका लागि आएका अशोकले ३६ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै नेपाललाई बलियो योगफलसम्म पु¥याएका थिए । 

नरेनले २९ र सुर्यान्शु कोइरालाले समान २९ रन थप्दा कृतिक कामतले १६ र दीपु कुमारले १५ रन जोडे ।

मलेसियाका हाजिक हाइकल, मुहम्मद अक्रम र मुहम्मद मुक्रीले समान दुई विकेट लिए । मोहम्मद फाथुल फात्रीले एक विकेट लिए ।

नेपालसँग हारका बावजुद मलेसियाले पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । मलेसियाले पहिलो खेलमा थाइल्यान्डलाई हराएको थियो । नेपालले पनि यसअघि पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले हराएको थियो ।

नेपालले अब समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, मलेसिया र थाइल्यान्ड तथा समूह ‘बी’मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro