site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा कांग्रेसले साहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रूपमा फड्को मारेको बताएका छन् ।

नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गरे । उनले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गरे ।

उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आफूहरू तयार रहेको बताए । संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिए । उनले गल्ती भएका कुराहरूमा आफूहरू सुध्रिन तयार रहेको समेत दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro