site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमएम कप क्रिकेट : पुलिस फाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार भएको समूह 'बी'को अन्तिम लिग खेलमा पाहुना टोली भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो ।

पाहुना टोली आसामले दिएको १५५ रनको चुनौती २८ ओभरमा जित्नुपर्ने दबाबका बीच मैदान प्रवेश गरेको पुलिसले २६.१ बलमा चार विकेट गुमाएर जित हात पारेको हो ।

टस जितेर ब्याटिङ थालेको आसामले निर्धारित ५० ओभरको खेलमा ४२.२ बलमा सबै १५४  रनको स्कोर बनाएको थियो । आसामका राज विश्वाले ३३ रन बनाउँदा अरूण सोनारले ३१ रन, केभिन सञ्जीव क्रिस्टोफरले २३ रन, हियेन कस्यपले १९ रन  र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादवले तीन विकेट लिँदा अरूण ऐरीले पनि तीन विकेट लिए ।

जवाफमा १५५ रनको लक्ष्य पाएको पुलिसले २६.१ बलमा चार विकेट लक्ष्य पार गर्‍यो । पुलिसको जितमा 'प्लेयर अफ द म्याच' कप्तान अमित श्रेष्ठले ७२ बलमा तीन छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिए । शंकर रानाले ६७ बलमा चार छक्का र चार चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले ।

एक समयमा पुलिस ६ ओभर दुई बलमा ४३ रनमा चार विकेट गुमाएर नाजुक स्थितिमा पुगेको थियो । कप्तान अमित र शंकरले पाँचौँ विकेटका लागि ११९ बलमा अविजित ११७ रनको साझेदारी गरे । आसामका कप्तान गोकुल शर्माले सर्वाधिक तीन विकेट लिए ।

जितपछि समूह 'बी'मा पुलिस, आसाम र घरेलु टोली कोसी प्रदेशले दुई खेलमा एक जित र एक खेलमा पराजित हुँदै समान २–२ अंक जोडेका थिए । तर, नेट रनरेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो । यसअघि, समूह 'ए'बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro