site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वविद्यालयको भर्नामा सकारात्मक विभेदको व्यवस्था खारेज गर्न अमेरिकी सर्वोच्च अदालतको फैसला

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले विश्वविद्याल भर्नामा सकारात्मक विभेदको व्यवस्था खारेज गर्ने फैसला गरेको छ । 

बिहीबार हार्वर्ड युनिभर्सिटी र नर्थ क्यारोलिना विश्वविद्यालयमा जाति–सचेत भर्ना कार्यक्रमहरू खारेज गर्न सर्वोच्चले आदेश दिएको हो । 

प्रभावकारी रूपमा अमेरिकी क्याम्पसहरूमा अश्वेत, हिस्पैनिक र अन्य अल्पसंख्यक विद्यार्थीहरूको संख्या बढाउन प्रयोग गरिएको सकारात्मक विभेदका नीतिहरूलाई निषेध गर्ने आदेश भएको हो । 

सर्वोच्चमा रहेका ९ मध्ये ६ न्यायाधीशको बहुमतले विश्वविद्यालयमा रहेका सकारात्मक विभेदका नीति खारेज गरेको छ । अदालतमा रहेका ६‘कन्जर्भेटीभ’ न्यायाधीशको समूहले लामो समयदेखि स्थापित भएको सकारात्मक विभेदको व्यवस्था खारेज गरेको हो । 

युनिभर्सिटी अफ नर्थ क्यारोलिना र हार्वड युनिभर्सिटीविरुद्ध परेको मुद्दामा उक्त फैसला भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro