site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संघीयताको जस लिने प्रचण्डबाट आशावादी सात प्रदेशका मुख्यमन्त्री 
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

पोखरा । मुख्यमन्त्रीहरूको प्रदेश सम्मेलन पाेखरामा आज हुँदै छ । बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्रीहरूको भेलाको उद्घाटन गर्नेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे पोखरा आइपुग्नेछन् । ११ बजे मुख्यमन्त्रीको भेलालाई प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका छ ।

औपचारिक उद्घाटनपछि सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला सुरु हुनेछ । वित्तीय संघीयता अर्थात विभिन्न चारवटा शिर्षकमा संघले दिने अनुदानदेखि एकल र साझा अधिकारको सूचीमा रहेका विषयमा आज मुख्यमन्त्रीहरूको भेला केन्द्रित रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव राजेन्द्र भट्टराईले जानकारी दिए । 

Agni Group
NIC Asia

बिहीबार साँझ सुदूरपश्चिका मुख्यमन्त्री कमलबहादुर शाह र वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल बिहीबार साँझ नै पोखरा आइपुगेका छन् । कोसी प्रदेशबाहेकका अन्य प्रदेशका मुख्यमन्त्री आज बिहान आइपुग्ने बताइएको छ । 

भट्टराई भन्छन्, “छलफल प्रदेशका एकल र साझा अधिकारको सूचीमा रहेका विषयदेखि लिएर वित्तीय संघीयताको विषयमा छलफल हुनेछ ।”

Global Ime bank

गण्डकीकै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रधानमन्त्री प्रचण्डले गोरखाको प्रदेशसभा निर्वाचन क्षेत्रको भ्रमण गरेका थिए । प्रचण्डको प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रै मुख्यमन्त्री पाण्डेको प्रदेशसभा निर्वाचन क्षेत्र पनि पर्छ । चुनावी समयमा निर्वाचन क्षेत्रमा सँगै रहेका प्रचण्ड र पाण्डेबीच व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । सोहीकारण पाण्डेले प्रधानमन्त्रीलाई बोलाएर मुख्यमन्त्री भेलालाई औपचारिक रूपमा प्रदेश समन्वय परिषदको बैठकको रुपमा रुपान्तरण गर्न चाहिरहेका छन् ।

गण्डकीका मुख्यमन्त्री पाण्डेका अनुसार उनले सातै प्रदेश सरकारको नेतृत्व गर्दै संघसँग अधिकार माग्ने विषयको नेतृत्व गरिरहेका छन । त्यसका लागि उनले गणतन्त्र र संघीयताको जस लिने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई प्रदेशका समस्या बताउनेछन् ।

मुख्यमन्त्रीहरूलाई निमन्त्रणा गरिएको पत्रमा अनुभव आदानप्रदान भनेर लेखिएको छ । तर, अघोषित रूपमा यो पनि सातै प्रदेशका साझा एजेन्डा तय गर्ने र संघसँग अधिकार माग्ने विषयमा नै केन्द्रित हुने स्रोतको भनाइ छ । यसको नेतृत्व पाण्डेले गर्न खोजिरहेका छन् ।

पुस २९ गते प्रदेशसभामा बोलेका पाण्डेकै भनाइलाई आधार मान्ने हो भने उनी, ‘सातै प्रदेशलाई एकैठाउँमा उभ्याएर संघले दिन नचाहेका अधिकारहरू ल्याउन मोर्चाबन्दी’ कै तयारीमा छन् । त्यतिबेला प्रतिपक्षमा रहेका पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेको प्रस्तावमाथिको छलफलमा बोल्दै भनेका थिए, “म मुख्यमन्त्रीज्यूलाई शुभकामना दिन चाहान्छु, तपाईं नेसनल प्लेयर हुनुहुन्छ । लिनुहोस्, त्यसको लिड । सबै प्रदेश एकठाउँमा उभिएर संघले दिन नचाहेका अधिकारहरू ल्याएर देखाउने एउटा नेतृत्व गर्ने मौका छ, अगाडि बढ्नुहोस् ।”

त्यतिबेला उनले दिएको सुझावको कार्यान्वयन गर्ने चुनौती पाण्डे आफैँतर्फ सोझिएको छ । त्यही चुनौतीलाई पार लगाउन उनले चालेको पहिलो कदम पनि, ‘मुख्यमन्त्रीको भेला’ हो ।

प्रदेशको औचित्यमाथि प्रश्नचिह्न उठिरहेका बेला पाण्डेले प्रधानमन्त्री प्रचण्डकै सल्लाहमा मुख्यमन्त्रीहरूलाई पोखरा बोलाएका हुन् ।

“प्रदेशको औचित्य सावित गर्ने प्रयत्न गर्नुपर्यो । त्यो औचित्य सावित गर्न हामीलाई संविधानले दिएको अधिकारको लागि संघसँग लड्न हामी एकठाउँमा उभिन सक्नुपर्यो । सातै प्रदेश एकैठाउँमा उभिनसक्ने परिस्थिति सिर्जना गर्नुपर्यो,” पाण्डेले भनेका थिए ।
संघ र प्रदेश सरकारबीच अधिकारदेखि स्रोत व्यवस्थापनसम्मको विवाद समाधान गर्न अन्तरप्रदेश परिषद्कै बैठकको रूपमा अगाडि बढाउन भनेर प्रधानमन्त्रीकै सल्लाहमा बैठक डाकिएको हो ।

गण्डकी प्रदेशले प्रहरी ऐन बनाइसकेको छ भने निजामती अध्यादेशलाई पनि प्रतिस्थापन विधेयकमार्फत वैधानिकता दिइसकेको छ । तर, संघमा यी दुवै विधेयक अड्किएका छन् । कर्मचारी र प्रहरी संयन्त्र चलाउन नपाउने पनि सरकार हुन्छ भन्दै प्रश्न गर्ने मुख्यमन्त्री पाण्डेले भेलामा पनि सोही कुरालाई प्रचण्डकै अगाडि राख्ने तयारीमा छन् । सातै प्रदेशमा देखिएको समस्यामा अन्य प्रदेशका मुख्यमन्त्रीको पनि साथ पाउने उनको अपेक्षा छ । 

“के हामीले पाएको एकल अधिकारलाई पूर्णतः उपभोग गर्न पाएका छौँ त ? सुरक्षा निकायका कुरा छन्, प्रहरी सेवा ऐनका कुरा छन्, आज सरकार छ हामीसँग, प्रदेश सरकार छ । तर, प्रदेश सरकारसँग एउटा लाठी छ ? सुरक्षा संयन्त्र त हामीसँग केही पनि छैन,” मुख्यमन्त्री पाण्डेले प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै भनेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu