site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध 

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुल्न नसकेको हो । 

सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । पानी रोकिए पनि पहिरो भने खसिरहेको प्रहरीले जनाएको छ । 

Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ढुंगा खसिरहेकाले अवरुद्ध सडक खुलाउन नसकिएको हो । 

पहिरो पन्छाउने क्रममा बिहीबार प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका थिए ।   

प्रहरीचौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुंगा खसेर लाग्दा शाह घाइते भएका थिए । 

बिहीबार दिउँसो १३ः२० बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro