site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
दुई दशकपछि सडक कालोपत्र
फाइल तस्बिर ।
SkywellSkywell

भालुवाङ । कच्ची बाटो पुगेको झन्डै दुई दशकपछि दाङ लमही नगरपालिका–९ स्थित रिहार–तेलिया सडकखण्ड कालोपत्र हुन लागेको छ । खडेरीमा धुलो र वर्षायाममा हिलोको समस्या झेलेका त्यहाँका स्थानीय बासिन्दाले लामो समयपछि यस्तो समस्याबाट छुटकारा पाउने भएका हुन् । असार मसान्त सकिनै लाग्दा कामले पनि तीव्रता पाएको छ ।  

लमही नगरपालिका–९ को रिहारदेखि तेलिया (बलीखुट्टी) सम्म सडक कालोपत्र हुन थालेपछि त्यहाँका स्थानीयवासी खुसी भएका छन् । त्यस क्षेत्रमा कच्ची सडक पुगेको झन्डै एक दशक पछि सडक कालोपत्रे हुन लागेको हो । यो क्षेत्रमा सडक कालोपत्र भएपछि झन्डै दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुनेछन् ।

सडक कालोपत्रे भएपछि लमही नगरपालिका–९ का तेलिया, जुरपानी, कोल्तरा, तरुलिया, राजपुर गाउँपालिका–७ का बनकट्टी, लैबरुवा, सिक्टा, राताकांशसम्मका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुने राजपुर गाउँपालिका–७ राताकांशका स्थानीय शोभाराम विश्वकर्माले बताए ।

Dabur Nepal
NIC Asia

“कच्ची सडक हुँदा निकै सास्ती पाइयो, दुःख बिमार पर्दा गाउँघरसम्म एम्बुलेन्स आउनसक्ने अवस्था थिएन, बाटो नहुँदा कतिले ज्यान गुमाउनु परेको उदाहरण पनि छन्, अब कालोपत्र हुन लागेपछि हामी खुसी छौँ” विश्वकर्माले भने ।

यति मात्र होइन अब त्यस क्षेत्रमा किसानले उत्पादन गरेका कृषि सामग्रीले पनि सहज तरिकाले बजार पाउने भएका छन् । विद्यालय जाने बालबालिकालाई पनि सहज हुने भएको छ । देउखुरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र लमही बजारबाट झन्डै ४० किलो मिटरको दूरीमा रहेका यी बस्तीहरूमा वर्षायाममा आवतजावत गर्न निकै समस्या हुने गर्दछ ।

“कच्ची सडक भएकाले पनि स्थानीय रुटमा गुड्ने सवारी साधन जान मान्दैनन, तरुलिया, कोल्तरा, लैबरुवा, सिक्टा बनकट्टीबाट हिँडेर रिहार पुग्नुपर्ने बाध्यता छ, अहिले अटो चल्छन् तर भाडा महँगो छ”, लमही नगरपालिका–९ कोल्तराका स्थानीय ओमप्रकाश बस्नेतले भने, “मोटरसाइकल हुनेहरू पनि वर्षायाममा बडो मुस्किलसँग हिड्ने गर्छन्, बस ट्याक्सी त झन जाने कुरै भएन ।”

सडक कालोपत्र हुन लागेकाले अब आधा÷पौने घण्टामा रिहार लमही आउन सकिने र यसबाट समयको समेत बचत हुने उनको भनाइ छ ।

संघीय सरकार र लमही नगरपालिकाको समपूरक बजेटबाट कालोपत्रको काम भइरहेको लमही नगरपालिकाका इञ्जिनियर सौगात वलीले जानकारी दिए । दुई करोड ८० लाख बजेटबाट दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र हुनेछ ।

उज्ज्वल निर्माण सेवाले यही चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरेको इञ्जिनियर वलीले बताए । उनका अनुसार कालोपत्र बाहेक त्यो सडकखण्डमा पक्की नाला, कल्भर्ट निर्माण हुनेछन् भने आवश्यक परेका स्थानमा ह्युमपाइप राखिने छ ।

“पालिकाले पनि विकट क्षेत्रका ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई प्राथमिकतामा राखेको छ, वडा नम्बर १ र ९ मा सडकमा आउने बजेट क्रमागत भएकोले काम निरन्तर भइरहने छ”, उनले भने, “नगरवासीले विकास भएको प्रत्यक्ष अनुभूति पाउने गरी हामीले योजनाका कामलाई सम्पन्न गर्ने गरेका छौँ, कुनै वडामा पक्की पुल बनेका छन् भने कुनै वडामा भौतिक संरचना निर्माण गरेका छौँ, कतै सडक कालोपत्र गरेका छौँ ।”

विसं २०७४ मा निर्वाचित भएर वडाको जिम्मेवारी सम्हाल्दा त्यो बेला अन्य योजनालाई सम्पन्न गरौँ भन्ने तिर ध्यान गएको भन्दै वडा नं ९ का वडाध्यक्ष भेषबहादुर केसीले अहिले जनताको सेवा गर्ने भनेर दोस्रो पटक निर्वाचित भएर आएपछि रिहारदेखि सिमलसोताको (पुरानो बाटो) निकाल्ने गरेर सडक निर्माणको कामलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

उनका अनुसार अहिले जुरपानी जाने बाटोदेखि तेलिया (वलीखुट्टी) सम्म सडक कालोपत्रे हुँदैछ । वडाध्यक्ष केसीले थप बजेट पनि आएको भन्दै उक्त बजेटबाट लैबरुवा जाने झोलुङ्गे पुलसम्म अप्ठ्यारा मोडहरू कटिङ गरिएको र आसपासमा रहेका खोलाहरूमा कल्भर्ट, पक्की पुल र ह्युमपाइप हाल्ने योजना रहेको जानकारी दिए। रासस

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro