site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा एमाले सरकार ढल्ने निश्चित
फाइल तस्बिर ।
SkywellSkywell

विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत नदिने र जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेसँगै कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।

मुख्यमन्त्री हिक्मत कार्कीले प्रमुख विपक्षी र विपक्षी दललाई विश्वासको मत दिन औपचारिक पत्राचार गरेका थिए । तर, प्रमुख विपक्षी कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले औपचारिक रुपमै दलको बैठकबाट मत नदिने निर्णय गरे ।

KFC Island Ad
NIC Asia

आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची सार्वजनिक हुनुअगावै मुख्यमन्त्रीले दललाई औपचारिक पत्राचार गरेका थिए । तर, कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठकले औपचारिक रुपमै निर्णय गरी मत दिन नसक्ने बरु आफ्नै पहलकदमीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन् ।

यसअघि, शनिबार नै अर्को विपक्षी दल एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वास मत दिन नसक्ने जनाउ दिइसकेको थियो ।

Royal Enfield Island Ad

बिहीबारको बैठकमा कार्कीले जसपाबाट मत पाउन सके सरकार जोगिने विश्वाससाथ प्रक्रियामा सामेल हुने तयारी गरेका थिए । तर, कार्यव्यवस्था समितिको बैठकलगत्तै जनता समाजवादी पार्टीले औपचारिक बैठकबाट विश्वास मतको पक्ष वा विपक्षमा मत नदिने निर्णय लिएसँगै कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । जसपा कोसी प्रदेश समितिका राजनीतिक सल्लाहकार जयराम गौतमले पक्ष वा विपक्षमा मत नदिने निर्णय भएको जानकारी दिएका छन् ।

सरकार जोगाउन कार्कीलाई ४७ मत आवश्यक पर्छ । अहिले कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन छ । यो अंकगणितले सरकार टिकाउन चाहिने बहुमत पुग्दैन । अब कार्कीले विश्वासको मत लिने प्रक्रियमा सामेल हुन्छन् अथवा राजीनामा दिन्छन् भन्ने तय भएको छैन ।

कांग्रेस संसदीय दलका नेता उद्धव कार्कीले अब गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया थाल्ने र नेतृत्वको विषय केन्द्रीय नेताहरुले टुंगो लगाउने जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:३१
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro