site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीमा रोजगारको अवसर खुम्चिँदै, दर्ता भएन नयाँ उद्योग

काठमाडौं । कर्णाली प्रदेशमा रोजगारको अवसर खुम्चिँदै गएको छ । यस प्रदेशमा नयाँ उद्योग दर्ता हुन छाडेसँगै रोजगारीका अवसरहरू पनि खुम्चिँदै गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन, अर्ध वार्षिक २०७९/८०’ को प्रतिवदेनअनुसार पुस मसान्तसम्म कर्णाली प्रदेशमा कुनै पनि उद्योग दर्ता भएका छैनन् ।

आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा देशभर साना, मझौला र ठूला गरी थप १४५ उद्योगहरु उद्योग विभागमा दर्ता भएका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कर्णाली प्रदेशमा उद्योग दर्ता भएका छैनन् । यसले गर्दा कर्णालीमा नयाँ रोगजारका संख्या न्यून रहेको छ ।

news photo1688023023.png

कुन प्रदेशमा कतिले रोजगारी पाए ?

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५९ वटा उद्योग दर्ता भएका छन् । यस प्रदेशमा तीन हजार ३१८ जनाले रोजगारी पाएका छन् ।

लुम्बिनीमा २५ वटा उद्योग दर्ता हुँदा एक हजार ९५५ जनाले रोजगारी पाएका छन् । यस्तै, कोसी प्रदेशमा पनि २५ उद्योग दर्ता हुँदा पनि एक हजार ९७७ जनाले रोजगारी पाएका छन् ।

गण्डकी प्रदेशमा दर्ता भएका १९ वटा उद्योगहरूले एक हजार १९३ जनालाई रोजगार दिएका छन् । मधेस प्रदेशमा १३ वटा उद्योग दर्ता हुँदा एक हजार ९९ जनाले रोजगार पाएका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम चारवटा उद्योग दर्ता भएका छन् । जसबाट १७६ जनाले रोजगार पाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro