site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अवहेलना मुद्दामा आफैँ उपस्थित भएर बयान दिन कोसीका मन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्चले कोसी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीलाई अदालतको अवहेलना मुद्दामा आफैँ  उपस्थित भएर बयान दिन आदेश दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले राजभण्डारीलाई आफैँ अदालतमा उपस्थित हुन भनेको हो । सर्वोच्चले उनलाई असार २० गते बयानका लागि उपस्थित हुन भनेको छ । 

उनको मुद्दा सर्वोच्च प्रशासनले उच्च अदालत विराटनगरबाट प्राप्त भएको प्रतिवेदनका आधारमा दर्ता गरिएकोको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताएका छन् । 

मन्त्री राजभण्डारीले न्यायाधीशले पैसा लिएर अन्तरिम आदेश जारी आरोप लगाएका थिए । असार १० गते विराटनगरको एक निजी विद्यालयमा भएको कार्यक्रममा उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा आदेश गरेको उनको आरोप थियो ।

उनले न्यायाधीशलाई 'फटाहा' र 'कलंक' समेत भनेका थिए । उनीविरुद्ध उच्च अदालत विराटनगरमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए ।

आजै उच्च अदालत विराटनगरले राजभण्डारीलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

तर, सर्वोच्चले उच्च अदालतमा दायर भएको अवहेलना मुद्दा फिर्ता गर्न भनेको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro