site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

दिवंगत नेपाल पूर्वमन्त्री समेत हुन् । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । बैठकले उनको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट उठेर मौनधारण समेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro