site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बिहानसम्म विरुद्धमा रहेका नेकपा एस र जसपा बजेट पारित गर्न कसरी राजी भए ?

नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बिनियोजन विधेयक, २०८० को मतविभाजनमा भाग लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत। तस्बिर : प्रदीपराज वन्त/रासस


काठमाडौं । बुधबार बिहानसम्म सत्तारुढ दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरु बजेटको विरुद्धमा थिए । कुनै पनि हालतमा पारित गर्न नदिने उनीहरुको रणनीति थियो ।
बजेट बाँडफाँटमा एकलौटी भएको भन्दै बजेट असन्तुलन नसच्याएसम्म पक्षमा मतदान नगर्ने चेतावनी दिइरहेका थिए । 

बजेट पारित गर्नका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) ले मंगलबार नै ह्विप जारी गरिसकेका थिए ।  एकीकृत समाजवादी र जसपाले बजेटको पक्ष–विपक्षमा निर्णय लिएका थिएनन् ।  सत्तारुढ सांसदहरुकै यस्तो चेतावनीका बीच प्रमुख प्रतिपक्ष दल पनि बजेट पारित हुन नसक्ने निष्कर्षमा थियो ।

Dabur Nepal
NIC Asia

नेकपा एकीकृत समाजवादीका सांसदहरु  बजेटका विपक्षमा मतदान गर्ने भन्दै चर्का सुनिन्थे ।  मंगलबार साँझ बाह्रखरीसँग कुरा गर्दै एकीकृत समाजवादी संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेट प्रणाली सुधार गर्ने र असन्तुलित बजेट सच्याउन प्रतिबद्धता नपाए बजेटको विपक्षमा मतदान गर्ने चेतावनी दिएका थिए । 

“बजेटको असन्तुलित छ । बजेट सन्तुलित हुने गरी अर्थमन्त्री, प्रधानमन्त्रीले बोल्नुपर्‍यो,” उनले भनेका थिए, “बजेट सच्याउनुपर्‍यो । नसच्याए र बजेट निर्माण प्रणालीमा सुधार नल्याए यो बजेट फेल हुन्छ ।”

उता, जसपाले यथास्थितिमा बजेटको पक्षमा मतदान नगर्ने निर्णय नै गरेको थियो ।  सत्ता सहयात्री एकीकृत समाजवादीको असन्तुष्टि सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतसहितको बैठक डाके । 

बैठकमा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका उपनेता राजेन्द्र पाण्डे, प्रमुख सचेतक मेटमणि चौधरीसहितका सांसद पनि सँगै बालुवाटार पुगेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले बजेट बाँडफाँटमा असन्तुलन रहेको स्वीकार गर्र्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । 

छलफलपछि बजेटमा रहेको भौगोलिक असन्तुलन कुनै न कुनै माध्यमबाट सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्दै पक्षमा मतदानको निर्णय गर्न आग्रह गरेका थिए ।  प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बजेट कार्यान्वयनको प्रक्रियामा नमिलेका विषय मिलाउँदै जाने सहमति भएको हो । 

“बजेट कार्यान्वयनको प्रक्रियामा जहाँ जहाँ मिलेको छैन । कानुनतः मिलाउन सक्ने ठाउँमा मिलाउने भन्ने कुरा समझदारी बनेको हो,” उनी भन्छन् ।  उनका अनुसार बजेट थप्न मिल्ने ठाउँमा थप्ने समझदारी जुटेको छ । 

“बजेट कार्यान्वयनको प्रक्रियामा जाँदा जस्तो सांसद विकास कोषमा थप्न मिल्छ । रातो किताबमा परेकोमा थपेर मिलाउने भन्ने स्प्रिटमा उहाँहरु सहमत हुनुभएको हो,” गजुरेलले बाह्रखरीसँग भने । 

बैठकमा सहभागी नेताका अनुसार बजेट सन्तुलन नभएको प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण मतहले स्वीकार गरेका थिए ।  “बजेट सन्तुलित भएन भन्ने कुरा सबैले स्वीकार गरे । आगामी दिनमा सन्तुलित बनाउने भन्ने कुरा भयो ,” ती नेता भन्छन्,“त्यसलाई मिल्ने ठाउँमा मिलाउने समझादारी बन्यो ।” 

सोही समझदारी पछि एकीकृत समाजवादीका नेताहरु बैठकका लागि संसद्को क्याटिनमा भेला भए ।  संसद्को क्यान्टिनमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्‍यो । 

“प्रधानमन्त्री निवासमा छलफल गर्यौं । बजेटको प्रणालीमा सुधार गर्ने कुराहरु सम्बोधन गराउने भन्नेपछि हामीले पक्षमा मतदान गर्ने निर्णय गर्‍यौँ,” बैठकको निर्णय सुनाउँदै पाण्डेले भने,“ बजेट सच्याउने भन्ने कुरा त्यसैभित्र छ ।”

जसपा दलको बैठकमा प्रधानमन्त्री पुगेपछि...
एकीकृत समाजवादीले पक्षमा निर्णय गर्दा अर्को सत्ता सहयात्री दल बजेटबारे अनिर्णित नै थियो । बजेटका विषयमा प्रतिनिधिसभा बैठकमा छलफल जारी रहँदा सत्ता साझेदर दल जसपा भने अन्योल नै थियो ।

मध्याह्न १२ बजेपछि संसद्को शंकर हलमा जसपाको संसदीय दलको बैठक बस्यो । बैठकमा मतदान गर्ने कि नगर्ने भन्नेमा लामो छलफल चलेको थियो । 

“एक साताअघि यथास्थितिमा बजेटको पक्षमा मतदान नगर्ने निर्णय गरेका थियौं । भर्खरै समाजवादी मोर्चा बनाइएको छ । अहिले नै विपक्षमा उभिने कुरा भएन,” बैठकमा सहभागी एक नेता सुनाउँछन्, “बजेट एकलौटी छ । यस्तोमा जनताको विपक्षमा जाने अवस्था भएन । हामी अन्यौलमा थियौं ।”

बैठक लम्बिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै बैठकस्थल पुगे । त्यसपछि निर्णय लिन सहजता भएको ती नेता बताउँछन् ।  प्रधानमन्त्रीले बजेटमा कानुनतः मिल्ने ठाउँमा असन्तुलन हटाउने प्रतिवद्धता जनाएपछि पक्षमा मतदान गर्ने निर्णय गरिएको सांसद प्रकाश अधिकारीले जानकारी दिए । 

“बैठकमा प्रधानमन्त्री नै आएर कानुनतः मिल्ने ठाउँमा असन्तुलनको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो,” उनले भने,“ अर्को त जिल्ला निर्वाचन कार्यालय खारेज गर्नुनुहने पक्षमा हामी थियौं । उहाँले निर्वाचन कार्यालय खारेज नहुने बताएपछि मतदान गर्ने निर्णय भयो ।”

त्यसपछि जसपाका प्रमुख सचेतक प्रदीप यादवले पक्षमा मतदान गर्न ह्वीप जारी गरे ।  यी दुई दलले सरकार परिवर्तन हुने भयले पनि काम गरेको नेताहरु बताउँछन् ।  बजेटकै कारण सरकार ढले कांग्रेस–एमालेको सरकार बन्न सक्ने भयले काम गरेको चर्चा राजनीतिक वृत्तमा छ ।

“बजेट कारण सरकार ढाल्नुभएन नि । बजेटमा ध्यान नपुगेकै हो । मिलाउन सक्ने ठाउँमा मिलाउने भन्ने सहमति भएपछि सबैले भोट हालेको हो,” एक नेता भन्छन् ।  सत्तारुढ असन्तुष्ट दलले पक्षमा मतदान गर्ने निर्णय गरेपछि बजेट पारित भएको छ । 

उता, सरकारलाई समर्थन गरिरहेको दल जनमत भने विपक्षमा उभियो ।  नेकपा एमालेले मत विभाजनको माग गरेपछि मत विभाजनमार्फत बजेटको निर्क्योल भएको थियो । 

मत विभाजन गर्दा पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ९९.९९ प्रतिशतको सरकारको विश्वास घटेको बताएका छन् ।  संसद् भवनबाट बाहिरने क्रममा ओलीले भने, “९९.९९ प्रतिशतको सरकारको विश्वास ५३ प्रतिशतमा झर्यो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro