site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीज्यू, मेरो १५ लाखको योजना पनि फिर्ता लैजानुहोस्

पोखरा । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी छ ।

मंगलबारदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय, लोकसेवा आयोग, आर्थिक मामिला मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालयमाथिको छलफल चल्यो ।

मन्त्रालयगत तथा प्रशासनिक केन्द्रमा विनियोजित बजेटको बारेमा छलफल भएतापनि प्रदेशसभा सदस्यहरू भने आफ्ना निर्वाचन क्षेत्रमा परेका बजेटका बारेमा केन्द्रित भए ।

Dabur Nepal
NIC Asia

सत्तापक्षका सांसदहरू बचाउको पक्षमा बोलेतापनि प्रतिपक्षीको आलोचना भने निकै चर्को रह्यो । जम्मा एउटा योजना, त्यो पनि १५ लाखको मात्रै परेको भनेर सांसदहरूको चित्त दुखाई संसद्मा पोखियो ।

न्याय नपाए गोरखा जानु, बजेट नपाए गोरखा जानु भनेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको आलोचना पनि भयो । राप्रपा र एमालेले बजेटलाई वितरणमुखी र शक्तिको दुरुपयोग गरिएको आरोप लगाए ।

हरिबहादुर चुमान, माओवादी केन्द्र
वार्षिक विकास कार्यक्रमलाई वितरणमुखी भनेर आलोचना पनि भइरहेको छ । तर, म आफैँ यहाँ उभिएर बोल्नुपर्दा यो वितरणमुखीबाट परिणाममुखी बाटोतर्फ अगाडि लागिरहेको छ ।

चालु वर्षमा निकै वितरणमुखी थियो अहिले त्यसलाई सच्याइएको छ । यसलाई अझै परिणाममुखी बनाउन आवश्यक छ ।

सरकार स्थापना भएको पाँच वर्ष भएको छ । यही गतिविधिमा सामेल छौँ । जिल्लास्थित कार्यालय, निर्देशनालय चलाएका छौँ । यी सबै हेर्दा ती कार्यालयहरूबाट अहिलेसम्म गरेको काम, निष्कर्ष, प्रतिवेदन आदि चाहीँ के भए होला भन्ने लागेको छ ? ती कार्यालयहरूले केही पृष्ठपोषण दिएनन् ?

यसबाट हाम्रा ती कार्यालयहरू अझै कामकाजी बनेका रहेनछन् भन्ने सन्देश जान्छ । प्रदेशसभा भवन नै बनाउने भनेको हो, त्यसको डीपीआर बनेर यत्तिकै थाती छ ।

रोशनबहादुर गाहा थापा, एमाले
क्रमागतमा परेका हिजोका योजना, गौरवका आयोजनाहरूको बारेमा पनि बजेट नभएको बताए ।

गोरखामा मात्रै भौतिक पूर्वाधारका २२०, स्याङ्जामा खानेपानीका मात्रै ३३२ वटा योजना छन् । यो पनि समानुपातिक हो ? समन्यायिक हो ।

नवलपुर के अर्थमा कम छ ?

होङ्सीबाट एक वर्षमा १३ अर्ब, सीजीबाट दुई अर्ब, सोनी डिष्टिलरीबाट दुई अर्ब, आन्तरिक राजस्व करिब वार्षिक साढे २६ अर्ब राज्यलाई बुझाउँछौँ । आज बजेट विनियोजन गर्ने बेलामा सबैभन्दा कम ? उद्योग, व्यवसाय, राज्यलाई कर तिर्ने कुन विषयमा पछाडि छ नवलपुर ?

मैले यो परिस्थिति आउँछ भनेर नै संविधानसभा सदस्य हुँदा तत्कालीन नवलपरासीलाई लुम्बिनीमा नै राखिदिनुहोस भनेको थिएँ । आज त्रिवेणी सुस्ताको भन्सारलाई पनि पर्याप्त बजेट विनियोजन गर्न नसक्ने हामीले केको राजस्वको कुरा गर्ने ? के को योजनाको कुरा गर्ने ?

संघीय विरोधी, राजनीतिक पूर्वाग्रही, जनभावना विपरीत, जनताप्रति छलेर ल्याइएको, वितरणमुखी, शक्ति पहुँचको आधारमा आएको, विभेद र पक्षपाती, समानुपातिक र समन्यायिक नभएको हुँदा समर्थन नरहेको ।

विन्दु अधिकारी पहाडी, राप्रपा
मैले जम्मा पेस गरेको थिएँ, एक करोडको योजना । किनभने बजेट छैन, लगेर थुपा¥यो अनि रोष्टममा उभिएर सरकारले गरेन भन्दा झुटो हुन्छ भन्ने लाग्यो ।

मैले सीमित योजना मुख्यमन्त्रीलाई पेस गरेँ । म पटकपटक सुमेरु पर्वत घुम्न नजानेको मान्छे । प्रदेशभित्र हामी ६० जना मात्रै छौँ । संघमा नै अनुभव गरेको व्यक्ति मुख्यमन्त्री बनेपछि व्यक्तित्वले पनि काम गर्छ भन्ने मलाई लाग्यो ।

मैले सुमेरु पर्वत घुमिन है, त्यहाँनेर गल्ती भयो होला, मलाई आत्मग्लानी छ । मैले राम्रोसँग वार्षिक विकास कार्यक्रम अध्ययन गरेँ । मैले मुख्यमन्त्रीलाई फोन गरेँ । हामी संघीयता विरोधी, गणतन्त्रवादी भनेर कुठाराघात गरियो भन्ने मलाई लाग्यो ।

उर्जा मन्त्रालयबाट १५ लाखको एउटा योजना परेको रहेछ । त्यो बाहेक एउटा योजना परेको भए म यही रोष्टममा जे वचन खान पनि तयार छु ।

न्यायको लागि गोरखा जानुपर्छ भन्ने कुरा मेरो मानसपटलमा ताजा थियो । यो अप्सन र अवसर हो भनेर हिँडेको मान्छे । अहिले म त्यो जिल्लामा मुख देखाएर हिँड्न लायक यो सदन र सरकारबाट भइन ।

मन्त्रीज्यू तपाइहरूले, आफ्नो जग्गा बेच्नुभएको हो कि घरबाट ल्याएको सम्पत्ति हो कि कार्यकर्ता पाल्ने थलो हो यो ? यो विडम्वना कुनै पनि सरकारले यतिसम्म निकृष्ट गर्न सक्दैन ।

आज मन्त्रीहरू मान्छे नचिन्ने, कार्यकर्ता पाल्ने, पहुँचको कुरा गर्ने । नमस्कार पनि फिर्ता नदिने । योजना पर्‍यो भने दिन मिल्दैन भन्ने ।

त्यो ठाउँमा कुनैदिन हामी पनि त पुगौँला नि ? तपाईहरूको मात्र पेवा होइन मन्त्रालय । यो पनि लेखेर राख्नुहोस् ।

नवलपुरमा एक अर्ब ९६ करोडका योजना पर्दा देवचुलीको वडा नं. १७ मा मात्र पाँच वटा वडा योजना परेका छन् । जिल्लावासी मन्त्री भइरहँदा के छ बहिनी भन्नुहुन्थ्यो पहिले, अहिले त चिन्न पनि छाड्नुभएछ ।

अब बजेट ल्याउनुभयो, हाम्रो काम त सदन आउने भत्ता पकाउने मात्रै हुनेहोला । तपाईहरूले त तिमीहरूको साथ पनि चाहिएन भन्ने व्यवहार गर्नुभयो । हामी संघीयता विरोधी भएतापनि अघिल्लो सरकारलाई अन्तिमसम्म साथ दिएकै थियौँ । राजनीति हो, भोलि परिवर्तन पनि हुन सक्छ ।

१५ लाख पनि पुग्दैन भने लग्नुहोस, कुन चाहीँ कार्यकर्ता भर्ती गर्नुछ, फिर्ता लैजानुहोस् ।

कोही मन्त्रीले त मलाई साढे आठ बजेसम्म फोन गरेर योजनाको नाम लिनुभएको थियो । यस्तो कसैले नगर्नुहोला । तपाईको घर बेचेको सम्पत्ति होइन ।

हामी सानो होउँला तर हिजो उम्रेका पार्टीहरूले तर्पाहरुरूलाई लाज लाग्दैन । म भन्छु, गणतन्त्रवादीले हामीमाथि कुठाराघात ग¥यो, अब तपाईहरू राप्रपा प्रवेश गर्नुहोस् भनेर संगठनमा लाग्ने बाटो खोलिदिनुभएकोमा आभार व्यक्त गर्न चाहन्छु ।

जिल्लावासी मन्त्रीले आफ्नै वडामा लगेको बजेट हेर्नुभयो भने तपाई दंग पर्नुहुन्छ । शक्तिको दुरुपयोग गर्ने हो ?

भक्त कुँवर, पर्वत
न्याय नपाए गोरखा जानु भने जस्तो बजेट नपाए गोरखा जानु अहिले त यस्तो पो भएको छ । के पर्वतका जनताको योगदान छैन, गण्डकीको सञ्चित कोषमा ?

मेरै क्षेत्रमा ५/६ वटा हाइड्रो छन्, त्यसकै रोयल्टीमात्रका योजना पठाइदिए हुन्थ्यो । त्यो पनि छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro