अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालगञ्जको धम्बोझी–२ मा रहेको एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ ।
एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो । जसले विभिन्न समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १५:५०
प्रतिक्रिया दिनुहोस्