site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी अस्पतालका ३३० जनरल बेड बिरामीका लागि निःशुल्क 

काठमाडौं । विराटनगरस्थित कोसी अस्पतालका ३३० जनरल बेड बिरामीका लागि निःशुल्क उपलब्ध गराइने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निरीक्षणपछि मंगलबार अस्पतालले यस्तो निर्णय गरेको हो । मंगलबारदेखि नै बिरामीलाई निःशुल्क बेडको व्यवस्था लागु भएको अस्पताल प्रमुख डा. रविनराज सिंहले जानकारी दिए । 
 
आईसीयू, एचडीयू र क्याबिनमा भने तोकिएको शुल्क तिनुपर्नेछ । असार ८ गतेदेखि वीर अस्पतालले पनि सातसय वटा जनरल बेड निःशुल्क गरेको थियो । निःशुल्क शैया अभियान राजधानी बाहिरबाट पहिलो पटक कोसीबाट सुरु गरिएको र भविष्यमा देशका अन्य सरकारी अस्पतालमा पनि सुरु गर्न लागेको स्वास्थ्यमन्त्री बस्नेतले बताए । 

निःशुल्क उपचार पाउनका लागि स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro