site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनलाई लिखित जवाफसहित आफैँ हाजिर हुन सर्वोच्चको आदेश
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सर्वोच्च अदालतले लिखित जावफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बालेनलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित हदालतमा हाजिर हुन आदेश दिएको हो ।

इजलासले मंगलबार आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा भएको भन्दै आफूले अदालतको निर्णय नमान्ने अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro