site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विरोधपछि प्रस्तावित ७० वर्षे उमेरहद हटाउँदै जसपा
फाइल तस्बिर।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा उमेरहदको विरोध भएको छ । आइतबार अध्यक्ष उपेन्द्र यादवले विधान अधिवेशनमा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन नपाउने प्रस्ताव गरेका थिए ।

प्रस्तावित विधानको धारा ८६ मा भनिएको छ, “७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैन ।”

उक्त व्यवस्था विधानमा राख्न नहुने पक्षमा अधिकांश नेताहरु देखिए । विधानको मस्यौदामाथि समूहगत रुपमा छलफल भएको थियो । छलफलको निष्कर्ष सुनाउने क्रममा अधिकांश नेताहरुले उमेरहद राख्न नहुने बताएका थिए ।

विधानको मस्यौदामा आएका सुझावहरु समेट्नका लागि समिति बनाइएको छ । उक्त समितिले सुझावहरुका आधारमा निर्णय गर्ने गरी विधान अधिवेशन सकिएको छ ।

जसपाका सांसद समेत रहेका नेता प्रकाश अधिकारीले उमेरहदको विधानमा रहने सम्भावना टरेको बताए ।

“उमेरहद हटाउनुपर्छ भनेर अत्यधिक सुझाव छ । अहिलेसम्मको अवस्था हेर्दा उमेरहद विधानबाट हट्ने देखिन्छ,” उनले भने, “आएका सुझाव समेट्न बनाइएको समितिले के निर्णय गर्छ हेरौँ ।”

नेताहरुले बाहिरी मुलुकमा उमेरले राजनीति गर्न नछेकेको भन्दै ‘एज बार’ लगाउन नहुने तर्क राखेका छन् । सोही धारामा भएको एउटै पदमा दुईपटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था भने कायम रहने भएको छ ।

“पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश÷राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरिसकेको भए सोही पदका लागि पुनः उमेदवार हुन पाउने छैन,” विधानको मस्यौदामा भनिएको छ ।

सो व्यवस्था भने कायम राख्न नेताहरु सहमत देखिएका छन् ।

प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि विधानमा व्यवस्था भएको ७० वर्षे उमेरहद हटाएको थियो । उमेरहद व्यावहारिक नभएकाले हटाइएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro