site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चारमन्त्रीको प्रश्न– सुशासनको पक्षमा काम गरिरहेको सरकार किन ढल्छ ?
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नरहेको बताएकी छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा शर्माले सरकार ढल्ने विषय अफवाह रहेकी दाबी गरिन् ।

सरकारकी प्रवक्तासमेत रहेकी शर्माले सरकार ठिक ढंगले चलिरहेको र सुशासनको पक्षमा काम गरिरहेको बताइन् ।

"किन ढल्ने सरकार ? सरकार ढल्नुपर्ने कुनै कारण छैन । सरकारले राम्रोसँग काम गरिरहेको छ । सरकार ठिक ढंगले चलिरहेको छ । सुशासनको पक्षमा काम गरिरहेको छ । सबै कुरा व्यवस्थित रूपमा भइरहेको अवस्थामा कतै सरकार ढल्ने कुरा चलिरहेको छ भने त्यो अफवाह हो," शर्माले भनिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro