site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘उपचार गराउन जाँदा बलात्कार’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७, हल्दुखालमा बस्दै आएका ४६ वर्षीय हरकसिंह महरा छन् ।

एक महिलामाथि बलात्कार आरोपमा सोमबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महिला खुट्टाको समस्याका कारण उपचार गराउन गएका बेला महराले आफ्नै मेडिकलमा बलात्कार र कुटपिट गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro