site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
विदेशी चलचित्र रिलिजको १५ दिन अगाडि सेन्सर गराउने व्यवस्था गर्न मन्त्रालयसँग भुवनको माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र विकास बोर्डले विदेशी चलचित्र प्रदर्शनका लागि १५ दिन अगाडि नै जाँचपास गर्नुपर्ने व्यवस्थाका लागि विभागीय मन्त्रालयलाई सिफारिस गरेको छ । 

असार ७ गते बसेको बोर्डको बैठकले नेपाली सिनेमा हलमा प्रदर्शन हुने कुनै पनि विदेशी चलचित्रले प्रदर्शन हुनुभन्दा १५ दिन अगाडि सेन्सर गरउनु पर्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“विदेशी चलचित्र जाँच (सेन्सर) र प्रदर्शनका विषयमा विद्यमान समयमा देखिएको विषम परिस्थितिमा उठेका राष्ट्र, राष्ट्रियता, संस्कृतिलगायत विषयको गाम्भीर्यतालाई मध्यनजर गरी आगामी दिनमा चलचित्र जाँच र प्रदर्शनलाई थप व्यवस्थित बनाउन उपयुक्त हुने देखिएको छ,” बोर्डले सञ्चार मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ, “नेपालमा विदेशी चलचित्र सार्वजनिक प्रदर्शन हुने मितिभन्दा १५ दिन अगाडि जाँचपास भएका विदेशी चलचित्र मात्र प्रदर्शन गर्ने व्यवस्थाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुरोध गरी पठाउने मिति २०८० ३१७ को बोर्डको निर्णयानुसार अनुरोध गर्दछु ।” 

बोर्ड अध्यक्ष भुवन केसीले हस्ताक्षर गरेको निर्णय मन्त्रालयले लागु गर्ने हो भने रिलिजको १५ दिन अगाडि नै सेन्सर नगराउने हिन्दी तथा अंग्रेजीलगायत विदेशी भाषाका सिनेमा रिलिज हुन पाउँदैनन् । अधिकांश हिन्दी सिनेमा रिलिज हुने अघिल्लो दिनमात्रै आउने गरेका छन् । बोर्डको यो सिफारिस मन्त्रालयले कार्यान्वयन गर्ने हो भने त्यस्ता चलचित्र नेपालमा प्रदर्शन हुन पाउँदैनन् । 

Global Ime bank

विदेशी चलचित्र नेपालमा प्रदर्शनका लागि कडाई गर्न खोजेको आरोप लागिरहेका बेला भुवनले यो निर्णय गरेका हुन् । 

board nirnaya1687823789.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय